काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई बधाई दिएका छन् ।
गायक दुर्गेशको गीत 'दुश्मन हेरेको हेरै'ले रिलिजको पाँच पहिनामा १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले गायक दुर्गेशलाई बधाई दिएका हुन् ।
उनले भनेका छन्- 'नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !'









