काठमाडौँ । नेपाल सरकारले इजरायल र इरानबीच भएको तनावको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इरान र इजरायलबीच विकसित भएको घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई कुटनीतिक पक्षबाट युद्धको अवस्था आउन नदिन आग्रह गरेको छ ।
मन्त्रालयले दोहा र तेलअभिभमा रहेका नपाली दुताबास इरान र इजरायलमा रहेका नेपालीहरुसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै दुवै देशमा रहेका नेपाली नागरिकलाई स्थानीय निर्देशनको पालना गर्दै सतर्क रहन आग्रह गरेको छ ।
शुक्रबार बिहान इजरायलले इरानमाथि आक्रमण शुरु गरेपछि दुवै देशमा तनावको अवस्था रहेको छ र राष्टिय अपातकालको घोषणा गरिएको छ ।









