• २०८१ बैशाख २२ शनिबार

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी सुरुवात, रोहित र कुलदिपको उत्कृष्ट प्रदर्शन 

kharibot

काठमाडौँ । इङल्याण्ड टुरमा रहेको भारतीय क्रिकेट टिमले टि-२० सिरिज जितपछी एकदिवसीय सिरिजमा पनि विजयी सुरुवात गरेको छ । 

गएराती भएको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी भएको छ । 

इङल्याण्डले दिएको २६९ रनको लक्ष भारतले ४०.१ ओभरमा केबल २ विकेट गुमाएर पुरा गरेको हो । भारतलाई जिताउन रोहित शर्माले १३७ रन नटआउट बनाए भने कप्तान विराट कोहलीले ७५ रनको पारी खेलेका थिए । 

रोहितले ११४ बल खेल्दै १५ चौका र ४ छक्कासहित १३७ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा रोहित शर्माको यो १८औ शतक हो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९..५ ओभरमा अलआउट हुदै २६८ रन बनाएको थियो । इङल्याण्डका लागि जोस बलटरले सर्वाधिक ५३ रन बनाए भने बेन स्टोक्सले ५० रन बनाएका थिए । त्यस्तै जेसन रोय र् जोनी बैरस्ट्रले ३८-३८ रनको योगदान दिएका थिए ।   

इङल्याण्डलाई कम स्कोरमा रोक्न भारतका कुलदीप यादवले ६ विकेट लिएका थिए । उनले १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन् । 

यो जितसँगै भारत ३ एकदिवसीय क्रिकेट सिरिजमा १-० ले अगाडी रहेको छ । अब दोस्रो एकदिवसीय खेल शनिबार हुने छ ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै