• २०८१ बैशाख २२ शनिबार

ओरेन्टल पीडितले न्याय पाउने आधार बन्यो, सुधिर बस्नेतले दुई बर्षमा अर्पाटमेन्ट बनाएर हस्तान्तरण गर्ने !

kharibot

काठमाडौँ । लामो सयमदेखि ओरेन्टल सहकारी संस्थामा रहेको लाखौं रुपैयाँ डुब्ने चिन्तामा रहेका ओेरेन्टल सहकारीपीडितहरुले न्याय पाउने आधार मिलेको छ ।

ओरेन्टल सहकारी संस्थाका अध्यक्ष सुधिर बस्नेतले सहकारीपीडितहरुको लगानीमा निर्माणाधिन भेगासिटी अपार्टमेन्ट निर्माण सम्पन्न गरेर रकम वा फ्ल्याट दिने विषयमा सम्झौता भएसँगै अपार्टमेन्टका नाममा ठगिएका र सहकारीबाट ठगिएका पीडितले केही मात्रामा भए पनि राहत पाउने भएका हुन् । 

मंगलबार ओरेन्टलपीडित, अध्यक्ष सुधिर बस्नेत र अर्पाटमेन्ट बुकिङकर्ताबिच भएको सहमतिअनुसार अब घरजग्गा व्यवसायी बस्नेतबाट ठगीएकाले न्याय पाउने देखिएको छ । उक्त संयुक्त कार्य योजना समस्याग्रस्त सहकारी संघ÷संस्था व्यवस्थापन समितिको कार्यालयमा दर्ता भएको छ ।

यससँगै कानूनी रुपमै कागजात तथा कार्ययोजना दर्ता भएपछि न्याय पाउने निश्चित भएको ओरेन्टलपीडित तथा पीडिटतर्फकी प्रतिनिधि कुन्तीदेवी पोखरेलले जानकारी दिइन् । 

तीन अर्ब रकम पाउने आधार खुलेको छ: ओरेन्टलपीडित प्रतिनिधि पोखरेल  

उनले यसअघि भएका सम्झौताहरु कागजी रुपमै सिमित भएको र अहिले कानूनी रुपमै कार्ययोजना दर्ता भएकोले रकम तथा न्याय पाउने अपेक्षा बढेको बताइन् । उनले भेगाससिटी अर्पाटमेन्टका वास्तविक बुकिङकर्ता दुई सय रहेको र अन्य बाँकी फ्ल्याटहरु सहकारीपीडितहरुले पाउने निश्चित भएको जानकारी दिइन् ।

सुधिर वस्नेतद्धारा सञ्चालनमा आएको कोहिनुरहिल हाउजिङअन्तर्गतको ललितपुरको साविक इमाडोल गाविस हाल महालक्ष्मिनायण वडा.न. २ मा रहेो भेगाससिटी हाउजिङ निर्माणाधिन अवस्थामा रहेको छ । निर्माणाधिन अपार्टमेन्टका बाँकी कामहरु सम्पन्न गराउन, अर्पाटमेन्ट बुकिङकर्तालाई कानूनी रुपमा छिटो फ्ल्याट वितरण गराउने त्रिपक्षिय सहमति भएको छ ।

त्रिपक्षिय सम्झौताअनुसार आठ बुँदामा सुधिर बस्नेत सञ्चालक रहेको कोहिनुर हाउजिङले सञ्चालन गरेको भेगाससिटी अपार्टमेन्टको बाँकी काम सम्पन्न गर्नका लागि यस अघि भएको खरिद करार गर्ने लगानीकर्तालाई हस्तान्तरण गर्ने बक्यौता तथा नयाँ सहमति बमोजिमको अन्य रकम लगायतको आन्तरिक स्रोत समस्याग्रस्त सहकारी संघ/संस्था व्यवस्थापन समितिको परार्मश र सहयोगमा कम्पनी सञ्चालकको आधिकारीक प्रतिनिधि, कानून बमोजिम अपार्टमेन्ट खरिदकर्ताको आधिकारिक प्रतिनिधिसमेतको संयुक्त बैंक खाता सञ्चालन गर्ने गराउने संयुक्त कार्ययोजना उल्लेख गरिएको छ । 

यस्तै, सोही कार्ययोजनाअनुसार अर्पाटमेन्टको सम्पूर्ण निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने, दुई सय ८० फ्याट निर्माण एक वर्ष र ८० देखि १०० सम्मको फ्याट अर्काे १५ महिनामा सम्पन्न गराउने, मुल्य समायोजन गर्नेलगायतका बुँदाहरु समावेश गरिएको छ । घरजग्गा व्यवसायी सुधिर बस्नेत केही हप्ता अघि जेलबाट छुटेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै