• २०८३ असार २३ मंगलबार

टेरामक्स प्रकरणमा मुद्धा दायर गरिएका १६ जना र दुई कम्पनि को को हुन् ?

टेरामक्स प्रकरणमा मुद्धा दायर गरिएका १६ जना र दुई कम्पनि को को हुन् ?

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदका क्रममा तीन अर्ब २१ करोड ८३ लाख, ७७ हजार १८२ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको छ । 

मुद्धा दायर गरिएकामा तत्कालिन सञ्चारमन्त्री र वर्तमान सांसद मोहन बहादुर बस्नेतसहित प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा, पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालिन सदस्यहरु धनराज ज्ञवाली र टिका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विनय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र रहेका छन् ।

त्यस्तै निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध समेत मुद्धा दायर गरिएको छ ।

त्यसैगरी अख्तियारले परामर्शदाता भानराइज सोलुसन र सो कम्पनिका प्रमुख कार्यकारी निर्देशक जमाल आनोउति, भानराइज सोलुसन ट्रेड लिंकका स्थानीय प्रतिनिधि कनेक्सन ट्रेड लिंक र सो कामपनिका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेज प्रसाद खरेलविरुद्ध पनि मुद्धा दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै