• २०८३ असार २३ मंगलबार

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्धा दायर

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं ।नेपाल दुरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदका क्रममा तीन अर्ब २१ करोड ८३ लाख, ७७ हजार १८२ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको छ । 

मुद्धा दायर गरिएकामा पूर्वमन्त्री बस्नेतसहित प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालिन सदस्यहरु धनराज ज्ञवाली र टिका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विनय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र रहेका छन् ।
त्यस्तै निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध समेत मुद्धा दायर गरिएको छ ।

त्यसैगरी अख्तियारले परामर्शदाता भानराइज सोलुसन र सो कम्पनिका प्रमुख कार्यकारी निर्देशक जमाल आनोउति, भानराइज सोलुसन ट्रेड लिंकका स्थानीय प्रतिनिधि कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेज प्रसाद खरेलविरुद्ध पनि मुद्धा दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै