• २०८३ असार २३ मंगलबार

चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । 

उनले भने,‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैंले कुरा उठाएको थिए । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ । त्यसलै कडाइपूर्वक सरकारले रोकोस् ।’

त्यस्तै उनले सर्वोच्च अदालते नझिक्नु भनेर आदेश गरिसक्दा पनि जनप्रतिनिधि र कर्मचारीले मिलेर लुटपाट गरिहरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै