काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।
पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिए । पन्तको शपथ विहिबार हुने बताइएको छ ।
विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ ।









