• २०८३ असोज २४ शनिबार

राप्रपाले आइतबार गर्ने प्रदर्शनप्रति गृहमन्त्रालयको चेतावनी

राप्रपाले आइतबार गर्ने प्रदर्शनप्रति गृहमन्त्रालयको चेतावनी

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँमा गर्न लागेको प्रदर्शन बारे गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्बजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

गृह मन्त्रालयले भनेको छ- 'राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । साथै, मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

राप्रपाले आइतबार काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्न लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्  ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै