• २०८३ असोज ८ बिहीबार

आईपीएलमा आज दुई खेल हुदै

आईपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आईपीएलमा आज दुई खेल हुदैछन् । पहिलो खेल गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।

गुजरातले आफ्नो सिजन पञ्जाब किंग्स विरुद्ध हारबाट सुरु गरेको थियो, तर त्यसपछि टोलीले मुम्बई, बेंगलुरु, हैदराबाद र राजस्थान विरुद्ध लगातार चार खेल जितेर उत्कृष्ट पुनरागमन गर्यो । तर, अन्तिम खेलमा लखनउ ६ विकेटले पराजित भयो र गुजरातको अहिले ६ खेलमा ८ अंक छ ।

अर्कोतर्फ, दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग आफ्नो एक मात्र खेल हारेको छ भने लखनउ, हैदराबाद, चेन्नई, बेंगलुरु र राजस्थानले उनीहरूविरुद्ध जित हासिल गरेका छन् । सुपर ओभरमा राजस्थानविरुद्धको जितले टोलीको आत्मविश्वास बढाएको छ । दिल्ली हाल ६ खेलमा १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

आज दोस्रो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्नेछ । जयपुरको साई मानसिंह रंगशालामा  हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ ।

राजस्थानले अहिलेसम्म ७ खेल खेलेर केवल २ खेल मात्र जितेको छ । राजस्थानले यस सिजनमा जितको लय भेटाउन संघर्ष गरिरहेको छ । त्यस्तै लखनउले अहिलेसम्म ४ खेल जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै