काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध यौन दुर्व्यबहारको विषयमा अनुसन्धान शुरु भएको छ ।
अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा परेपछि अनुसन्धान शुरु भएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
अहिराजविरुद्धको जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ । ति युवती शुरुमा महिला आयोग पुगेको र त्यसपछि प्रहरीमा गएको बताइएको छ ।
अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।









