• २०८२ कार्तिक २६ बुधबार

भारतको विहार र उत्तर प्रदेशमा चट्याङ, आँधीबेहरीले ६० जनाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतको विहार उत्तर प्रदेशमा चट्याङ, आँधीबेहरीका कारण ६० जनाको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले बिहारमा चट्याङ, आँधीबेहरीका कारण ३८ जनाको मृत्यु भएको छ । जसमा सबै भन्दा धेरै विहारको नालंदामा १८ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उत्तर प्रदेशको राहत आयुक्तको कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, प्रदेशमा चट्याङ, आँधीबेहरीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।

यसैबीच, मौसम विभागले बंगालको खाडीबाट आएको आर्द्र हावा र पश्चिमी बाधाका कारण मौसममा परिवर्तन आएको र यो क्रम आगामी केही दिनसम्म जारी रहन सक्ने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै