काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको नजिक रहेको बताएका छन् । ट्रम्पले भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा यस्तो बताएका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- 'हामी भारतसँग एउटा सम्झौता गर्दैछौं जुन हामीले पहिले गरेको भन्दा धेरै फरक छ । उनीहरूलाई अहिले मलाई मन पर्दैन, तर उनीहरूलाई फेरि हामीलाई मन पर्नेछ । हामी एक निष्पक्ष सम्झौता गर्दैछौं, एक निष्पक्ष व्यापार सम्झौता ।'
ट्रम्पले विगतमा अमेरिका र भारतबीच धेरै खराब व्यापार सम्झौताहरू भएको बताउदै भारतमा धेरै राम्रा वार्ताकार छन् र सबैको लागि राम्रो सम्झौताको धेरै नजिक छौं ।
ट्रम्पले भारतलाई ५० प्रतिशत कर लगाएपछि दुवै देशको व्यापार सम्बन्ध अहिले खराब अवस्थामा रहेको छ ।









