• २०८३ बैशाख २६ शनिबार

आमजनताका वरिष्ठ उपाध्यक्ष साहले पनि छोडे प्रभु साहको साथ

आमजनताका वरिष्ठ उपाध्यक्ष साहले पनि छोडे प्रभु साहको साथ

रौतहट । आमजनता पार्टीका उपमहासचिव पछि केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन् । उनले नेतृत्ववर्गसँग असन्तुष्टि जनाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका छन ।

आमजनता पार्टी आजपा अध्यक्ष प्रभु साहको अतिनिकट रहेका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले सोमबार समाजिक सञ्जालमार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरेका हुन । 

राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीति सुरुगरेका उपेन्द्र साहपछि माओबादी पार्टीको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

पछिल्लो केही महिनादेखि आजपा अध्यक्ष प्रभु साह र उनीबीच अविश्वास बढिरहेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै