• २०८२ बैशाख ५ शुक्रबार

सुनिता विलियम्स भन्छिन्- अन्तरिक्ष र पृथ्वीमा शरीरले कसरी परिवर्तनलाई स्वीकार गर्यो, त्यो चमत्कार नै हो

kharibot

काठमाडौँ । अन्तरिक्षबाट फर्केपछि नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले पत्रकार सम्मेलन गरेका छन् ।

यस पत्रकार सम्मेलनमा सुनिता विलियम्सले अन्तरिक्षबाट पृथ्वीमा आफ्नो पुनरागमन बारेमा जानकारी दिएकी थिइन् ।

उनले भनिन्, 'हाम्रो शरीरले परिवर्तनसँग कसरी अनुकूलन गर्छ भन्ने कुरा साँच्चै चमत्कार हो । जब म पहिलो दिन फर्किएँ, हामी सबै थोरै डगमगाएका थियौं । हाम्रो स्नायु प्रणालीले २४ घण्टामा कसरी काम गर्न थाल्छ भन्ने कुरा साँच्चै अचम्मको छ । हाम्रो मस्तिष्कले के भइरहेको छ भनेर बुझ्न समय लागेको अनुभव भयो ।'

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएकी नासाकी अन्तरिक्ष यात्री सुनिता विलियम्स २८६ दिनपछि मार्च १९ मा पृथ्वीमा फर्किइन् । अन्तरिक्ष स्टेशनमा २८६ दिन बिताउँदा सुनिता विलियम्स र बुच विल्मोरले ९०० घण्टा अनुसन्धान गरे र यस अवधिमा उनीहरूले १५० वैज्ञानिक प्रयोगहरू गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै