• २०८१ फाल्गुण ३० शुक्रबार

मधेश प्रदेशमाथि एपीएफको २ विकेटको रोमाञ्चक जित

kharibot

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको केअब्ल १६९ रनको लक्ष्य पछाएको एपीएफले ३६.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

एपीएफको जितमा सुमित महर्जनले सर्बाधिक ३५ रन बनाएका थिए भने आसिफ सेखले ३४, कमल सिंह ऐरीले अविजित २८, लोकेश बमले १८ र अमर राउटेलाले १६ रन बनाएका थिए । त्यस्तै मधेशका बलर कमला गुप्ताले ४ विकेट लिएका थिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ४०.४ ओभरमा अल आउट हुदै १६८ रन मात्र बनाएको थियो ।

मधेशका लागि पवन सराफले ७७ रन बनाएका थिए । पवनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका थिए । उनले यसअघि कोशी प्रदेशविरुद्ध ९२ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर कमल सिंह ऐरीले ४ विकेट लिएका थिए भने कप्तान रोहित पौडेल र भुवन कार्कीले २-२ विकेट लिएका थिए ।

यो जितपछि एपीएफको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ भने मधेश प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै