काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि उडेका छन् । सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर उनी केहीबेर अघि पोखराबाट काठमाडौंका लागि उडेका हुन् ।
शाहलाई पोखरा विमानस्थलमा सयौं समर्थकहरूले बाजागाजासहित फूलमाला लगाएर बदाई गरेका थिए ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनको स्वागतका लागि समर्थकहरुको भिड लागेको छ । उनलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता तथा कार्यकर्ता विमानस्थल बाहिर पुगेका छन् भने राप्रपा नेपालका अध्यक्ष कमल थापा र अभियन्ता दुर्गा प्रसाईपनि जुलुससहित विमानस्थल बाहिर पुगेका छन् ।