काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजालाई दया गरेर कारवाही नगरेको भन्ने गफ नदिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले गणतन्त्रको वकालत गरेपनि राजालाई दया गरेर कारवाही नगरेको गफ नदिन दलहरुलाई सुझाव दिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आव्हानपछि राजावादीहरु सक्रिय भएको प्रसंगमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजालाई जेल नहालेर सम्मानपूर्ण बस्न दिएको टिप्पणी गरेका थिए ।
थापाले ६३ को आन्दोलन सम्झौतामा टुङ्गिएको उल्लेख गर्दै १८ वर्ष देशलाई लुटिएको र अहिले जनताले राजा खोजिरहेको बताएका छन् ।
उनले भनेका छन्-
गणतन्त्रको वकालत गर्नुहोस् ठिक छ । तर, राजालाई दया गरेर कारवाही नगरेको गफ नदिनुस् । जनता साक्षी छन् । ६३ को आन्दोलन सम्झौतामा टुङ्गिएको हो । १८ वर्ष देशलाई लुट्नु भयो । अहिले जनताले राजा खोजिरहेका छन् । कारवाही नै गर्ने हो भने अब जनताले १७ हजार मार्ने मराउने, देश लुट्नेहरुलाई कारवाही गर्छन् ।