• २०८१ फाल्गुण २६ सोमबार

अन्तरिक्ष स्टेशनमा रहेका सुनिता र ब्यारीलाई अर्को साता फिर्ता ल्याइदै

kharibot

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर मार्चको दोस्रो सातामा पृथ्वीमा फर्किन सक्ने बताइएको छ । उनीहरू दुवै जना लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा छन् ।

नासाले एक जानकारी दिदै स्पेसएक्सको फाल्कन ९ मार्च १२ मा चार अन्तरिक्ष यात्रीलाई लिएर आइएसएसमा जाने र सम्भव भएसम्म सुनिता र ब्यारीलाई फिर्ता ल्याइने बताइएको छ ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन् । नासाका अनुसार तिनीहरूलाई फिर्ता ल्याउने गरि तयारी भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।   

सुनिता र ब्यारी कसरी रोकिए आइएसएसमा 

उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनीहरु आठ दिन पछि फर्किने तालिका रहेको थियो । स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुग्दा, यसमा समस्या आयो र अन्तरिक्ष यानलाई मार्गदर्शन गर्ने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडे । त्यसमा भएको हेलियम पनि सकियो । यसका कारण, अन्तरिक्ष यान जल्ने इन्धनमा निर्भर हुनुपर्‍यो र दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलाइ भयो ।

६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो । यो नियमित प्रयोगमा ल्याउनु अघि नयाँ अन्तरिक्षयानले कस्तो प्रदर्शन गर्छ भनेर हेर्नको लागि गरिएको परीक्षण थियो । तर, यो अगाडि बढ्दै जाँदा, केही समस्याहरू उत्पन्न हुन थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट भयो र केही थ्रस्टरहरू पनि बन्द हुन थाले ।

सुनिता विलियम्स नौ महिनाभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छिन् । योसँगै उनी अन्तरिक्षमा सबैभन्दा लामो समयसम्म निरन्तर बस्ने पहिलो महिला बनेकी छिन् । यद्यपि, यो सुनिताको पहिलो रेकर्ड होइन । उनले २२ घण्टा २७ मिनेट अन्तरिक्षमा हिँडेर सबैभन्दा लामो अन्तरिक्ष पैदल यात्रा गर्ने महिलाको रेकर्ड पनि कायम गरेकी छन् ।
यसअघि यो रेकर्ड अन्तरिक्ष यात्री क्याथरिन थोरन्टनको नाममा थियो । उनले २१ घण्टाभन्दा बढी अन्तरिक्ष पैदल यात्राको रेकर्ड राखेकी थिइन् । यो सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा हो । तीनवटै यात्राहरू सहित, उनले अहिलेसम्म नौ पटक स्पेसवाक गरिसकेकी छिन् । यस अवधिमा उनले ६२ घण्टा ६ मिनेट अन्तरिक्षमा स्पेसवाक गरेकी छन् ।

सुनिता विलियम्स एक अवकाशप्राप्त नौसेना हेलिकप्टर पाइलट हुन् भने विल्मोर एक पूर्व लडाकु जेट पाइलट हुन् । उनी यसअघि पनि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै