• २०८१ फाल्गुण २६ सोमबार

तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन योगेशले मागे आरजुको सहयोग

kharibot

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्री राणालाई भेटगर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट चिनिया सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेको जानकारी दिएका छन् ।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै