• २०८१ फाल्गुण २५ आइतबार

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण असफल

kharibot

काठमाडौँ । अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरिएको थियो ।

स्पेसएक्सले उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको बताएको थियो । अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको थियो ।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिएको थियो ।

यो रकेट परीक्षणको आठौं मिसन थियो र यो यसको लगातार दोस्रो असफलता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै