• २०८१ फाल्गुण २६ सोमबार

शंकरापुरमा आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने अर्का ४५ बर्षका हरिजन रहेका छन् ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३.४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै