• २०८१ फाल्गुण २२ बिहीबार

पूर्वराजा ज्ञानेन्द्र चुनाव लड्न प्रधानमन्त्री ओलीको चुनौती

kharibot

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन् ।  बिहीबार महोत्तरीमा कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई छायाँ अघि सारेर नभई आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न चुनौती दिएका हुन् ।

उनले कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्दै जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताउदै संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न भने सबैलाई खुला रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने- 'पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ।'

प्रधानमन्त्री ओलीले नेपाली जनताले अब राजतन्त्र स्वीकार नगर्ने र संविधानले पनि नचिन्ने बताए । उनले भने- नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् ।'

प्रधानमन्त्री ओलीले राजसंस्थाको जन्म नै षड्यन्त्रबाट भएको भन्दै बलमिच्याइँ र अराजकता नेपाली जनतालाई स्वीकार्य नहुने बताए । उनले भने- 'संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याइँ, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै