• २०८१ फाल्गुण २३ शुक्रबार

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई

kharibot

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

मार्च ७ देखि १४ तारिखसम्म दिल्लीमा हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा पुरुष ४ सय मिटर दौडमा नवराज कार्की, पुरुष ४ सय मिटर दौड र ज्याभ्लिन थ्रोमा गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल, डिस्कस थ्रोमा राजु गुरुङ तथा महिला २ सय-४ सय मिटर दौड र लङजम्पमा प्रभा आङदेम्बेले भाग लिदै छन् ।

त्यस्तै अफिसियल राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापक ओमनाथ सिवाकोटी तथा प्रशिक्षक विमला राना मगर रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै