• २०८१ फाल्गुण २३ शुक्रबार

राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धि अध्यादेश स्वीकृत

kharibot

काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । विहिबार बसेको राष्ट्रिय सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षीदलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश अस्वीकृत गर्न सूचना दर्ता गराएको भएपनि सो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

यस अघि आजै राष्ट्रियसभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै