• २०८१ फाल्गुण २३ शुक्रबार

नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता श्रेष्ठको उम्मेदवारी दर्ता

kharibot

काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) को तर्फबाट वरिष्ठ अधिवक्ता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्वमहासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् । आरपीएलएएनले आसन्न बारको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायीहरुको संगठनसँग तालमेल गरेको छ । रास्वपानिकट कानुन व्यवसायी संगठनबाट यज्ञमणि न्यौपानलेलाई महासचिवको उम्मेदवार बनाइएको छ । कूल २५ सदस्यीय पदाधिकारीमध्ये अन्य उम्मेदवार भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

त्यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायीको संगठनहरुले पनि गठबन्धन गरेका छन् । कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डीएलएले विजयप्रसाद मिश्रलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पीपीएलएबाट केदार कोइरालालाई महासचिवको उम्मेदवारको रुपमा अगाडि सारिएको छ ।

नेपाल बारको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत २३ गते हुने निर्वाचनका लागि आज विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै