• २०८१ फाल्गुण २२ बिहीबार

जनक भट्टराई एआईजीमा बढुवा

kharibot

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।

यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराई आगामी ५ चैतमा अनिवार्य अवकाशमा जानेछन् । यसअघि एआईजी रहेका रवीन्द्र केसीलाई राजीनामा गराएर भट्टराईलाई एआईजीमा सिफारिस गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै