• २०८१ फाल्गुण २२ बिहीबार

न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको विशाल लक्ष्य

kharibot

काठमाडौँ । न्यूजील्याण्डले  दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ ।

जारी आइसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै ३६२ रन बनाएको हो ।

पाकिस्तानको लाहोरमा जारी खेलमा न्यूजील्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए ।  यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९-४९ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।

यस खेलको विजेताले आगामी आइतबार हुने फाइनलमा उपाधिकालागि भारतको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै