• २०८१ फाल्गुण २२ बिहीबार

नेपाली आप्रवासनका क्षेत्रका समस्याको समाधान गर्ने विषयमा मन्त्रीस्तरीय छलफल

kharibot

काठमाडौँ । नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा मन्त्रीस्तरीय छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले  

नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा बुधबार छलफल गरेको हो । 

सो बैठकमा नेपालको श्रम तथा आप्रवासन सहित विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या र समाधानबारे छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् । साथै बैठकमा नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु अवैध बाटोबाट गइरहेकाले उनीहरुको सुरक्षाका साथै आगामी दिनमा यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि आवश्यक छलफल भएको थियो । 

विश्वमा रहेका नेपालीहरुको सहयोग तथा उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई परेको समस्याको बारेमा आगामी दिनमा मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै