चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरोका कारण अवरुद्ध सडक अपराह्न ४:४० बाट दुईतर्फी संचालनमा आएको छ ।
सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध सडक अहिले दुईट्रफी संचालनमा आएको नारायणघाट-मुग्लिन आयोजनाले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार सडकको टोपे खोलामा बिहान ५:३० बजे र कालीखोलामा ८:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो स्थल मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा रहेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको थियो ।
ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ ।