काठमाडौं । जेनेभामा आयोजित राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण मन्त्री डा. राणा सवार जहाज अवतरण हुन नसकेको हो । उनी कतार एयरलान्सबाट काठमाडौं आउँदै थिईन् ।
खराब मौसमका कारण हालसम्म नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज पनि डाइभर्ट भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ ।
त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।