काठमाडौँ । लिटल बुद्ध उपनामले चिनिने तपश्वी रामबहादुर बम्जन पक्राउ परेका छन् ।
मंगलबार केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेको थियो । उनी २०७६ देखि नै प्रहरीको खोजी सूचीमा थिए ।