काठमाडौँ । श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । शुक्रबार सम्पन्न दोस्रो खेल १७४ रन अन्तरले जितेसँगै २ खेलको सिरिज २-० ले जितेको हो ।
यस खेलमा श्रीलंकाले दिएको २८२ रनको लक्ष्य पछाएको अस्ट्रेलिया २४.२ ओभरमा नै अलआउट हुदै १०७ रन मात्र बनाएको हो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक २९ रन बनाए भने जोश इङलिशले २२ रन बनाएका थिए ।
त्यस्तै श्रीलंकाका बलर दुनिथ वेलालागेले ४ विकेट लिए भने असिथा फेर्नान्डो र वानिन्दु हसरंगाले ३-३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाउदै २८१ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चारिथ असलंकाले ७८ रन बनाएका थिए ।
योसँगै श्रीलंकाले २ खेलको सिरिज क्लीन स्वीप गरेको छ ।