• २०८१ फाल्गुण २१ बुधबार

कति छ आइसीसी च्याम्पियन्स ट्रफीको पुरस्कार रकम ?

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टिमलाई दिने पुरस्कार राशि घोषणा गरेको छ ।

आईसीसीले च्याम्पियन्स ट्रफी विजेता टिमले २२ लाख ४० हजार डलर पाउनेछ । त्यस्तै उपविजेता टिमले ११ लाख २० हजार डलर पाउने आइसीसीले जनाएको  छ ।  त्यस्तै सेमिफाइनलमा हारेको टिमले ५ लाख ६० हजार डलर पाउनेछन् ।

त्यस्तै पाँचौं र छैटौं स्थानमा हुने देशले ३ लाख ५० हजार पाउने छन् भने सातौ र आठौँ हुने देशले एक लाख ४० हजार पाउने छन् ।

आइसीसीले २०१७ च्याम्पियन्स ट्रफीको कुल पुरस्कार राशि ५३ प्रतिशतले बढाइएको छ र यस पटक पुरस्कार राशिमा कुल ६९ लाख डलर खर्च हुनेछ । 

आइसीसीले च्याम्पियन्स ट्रफी खेल्ने सबै देशले थप एक लाख २५ हजार पाउने गरि पुरस्कार रकमको वितरण गरिएको आसिसीले उल्लेख गरेको छ ।  

फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन् । जसमा समुह ए मा बंगलादेश, भारत, न्यूजील्याण्ड र पाकिस्तान रहेका छन् । त्यस्तै समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रिका रहेका छन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा खेलिनेछ ।

च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुदै छन् । भारत खेल्ने सबै खेल युएईमा हुने छन् भने अन्य खेल पाकिस्तानमा हुने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै