काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुल र एभर्टन २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहमद सलाहले एक एक गोल गरेका थिए भने एभर्टनका लागि बेटो र जेम्स तार्कोस्कीले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा लिभरपुलका कार्टिस जोन्स र एभर्टनका अबडोउलाये डोउकोउरले रातो कार्ड पाएका थिए ।
यो बराबरीपछि लिभरपुलको २४ खेलमा ५७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलभन्दा स्पष्ट ७ अंकले अगाडी रहेको छ ।
त्यस्तै एभर्टनको भने २४ खेलमा २७ अंक भएको छ र लिगमा १५औ स्थानमा रहेको छ ।