• २०८१ माघ ३० बुधबार

मिचेल स्टार्क पनि च्याम्पियन्स ट्रफी नखेल्ने, संकटमा अस्ट्रेलिया

kharibot

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुअघि अस्ट्रेलियाली क्रिकेट टिमका खेलाडी एक पछि अर्को घाइते भएका छन् ।

आईसीसीका अनुसार फास्ट बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले गर्दा यस प्रतियोगितामा पठाउने अष्ट्रेलियाली टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् । मिचेल स्टार्कभन्दा अगाडि प्याट कमिन्स, जोश हेजलवुड र अलराउन्डर मिचेल मार्श टोलीबाट बाहिरिएका थिए ।
यसैबीच, अष्ट्रेलियाली क्रिकेट टोलीका अलराउन्डर मार्कस स्टोइनिसले पहिले नै सन्यास लिइसकेका छन् ।

यस्तो अवस्थामा यस पटक अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा ५ नयाँ खेलाडीहरू देखिनेछन् । अष्ट्रेलियाली क्रिकेट टोलीको १५ सदस्यीय टोली बुधबार घोषणा गरिएको छ।

प्याट कमिन्स खेल्न नसक्ने भएपछि अष्ट्रेलियाले यस प्रतियोगिताको लागि स्टिभ स्मिथलाई कप्तान बनाएको छ । हाल श्रीलंका टूरमा रहेको अस्ट्रेलियाले कोलम्बोमा श्रीलंकासँग दुई एकदिवसीय खेल खेल्दै च्याम्पियन्स ट्रफीको तयारी गर्दै छ । 

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले पहिलो खेल फेब्रुअरी २२ मा इङ्गल्याण्डसँग, त्यसपछि दक्षिण अफ्रिका (फेब्रुअरी २५) र अफगानिस्तान (फेब्रुअरी २८) सँग हुनेछ ।

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको टिम: स्टिभ स्मिथ (कप्तान), शन एबोट, एलेक्स केरी, बेन द्वारशुइस, नाथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इन्ग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यू सर्ट र एडम जाम्पा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै