काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । अहिले प्रहरीले आगो निभाउन प्रयास गरिरहेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।