काठमाडौँ । भारतको दिल्ली विधानसभाको मतगणना शुरु भएको छ । मतगणनाको शुरुवाती रुझानले भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ ।
शुरुवाती रुझानले दिल्लीमा २६ बर्षपछि भारतीय जनता पार्टी सत्तामा फर्किन सक्ने देखिएको छ । ७० विधानसभा सिट रहेको दिल्लीमा हाल ४४ स्थानमा बिजेपी अगाडी देखिएको छ भने आम आदमी पार्टी २५ र कांग्रेस एक स्थानमा अगाडी देखिएको छ । यद्यपी यी आँकडा शुरुवाती रुझान भएकोले मतगणना अगाडी बढ्दै जादा परिवर्तन हुनसक्ने बताइएको छ ।
यस अघि २०२० मा भएको विधानसभा चुनावमा आमआदमी पार्टीले ६२ सिटमा जितेको थियो भने विजेपीले ८ सिट जितेको थियो ।