• २०८१ माघ २५ शुक्रबार

नेपाललाई अन्तिम खेलमा हराउदै थाइल्याण्डले जित्यो टी-२० सिरिज

kharibot

काठमाडौँ । थाइल्याण्डले जारी महिला त्रिकोणात्मक टी-२० सिरिज जितेको छ ।

शुक्रबार सिरिजको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिज जितेको हो ।

नेपालले दिएको केवल ८२ रनको मध्यम लक्ष्य पछाएको थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो । योसँगै नेपालले यस सिरिजका सबै ६ खेलमा हार बेहोरेको छ ।

त्यस्तै थाइल्याण्डले भने ६ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित शिर्ष स्थानमा रहेर उपाधि जितेको छ ।

त्यस्तै नेदरल्याण्डसले ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै