• २०८१ माघ २२ मंगलबार

डिभोर्सपछि निर्देशकसँग डेट गर्दै अभिनेत्री सामन्था

kharibot

काठमाडौँ । सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो । 

नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक सामन्थाको निर्देशकसँग नाम जोडिएको हो । त्यस बेला देखि सुरु भएको हो, जब अभिनेत्री पिकलबल प्रतियोगिता हेर्न गइन्, जसको तस्विर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा शेयर समेत गरिन् । यी तस्विरहरूमा सामन्था ‘सिटाडेल हनी बन्नी’ निर्देशक राज निदिमोरुसँग देखिएकी छिन् । त्यसपछि यी दुबैको डेटिङको खबर बाहिर चलेको हो ।

सामन्था वर्ल्ड पिकलबल लिगको खेलमा चेन्नई सुपर च्याम्प्स टोलीकी मालिक हुन्, जब अभिनेत्री फेब्रुअरी १ ​​मा खेल हेर्न गएकी थिइन्, उनले खेलको क्रममा तस्विरहरू सेयर गरेकी थिइन् । यी मध्ये एक तस्बिरमा सामन्था र राज एकअर्काको हात समातेको देखिए पछि फ्यानले दुवैसँगै रहेको अनुमान गरेका छन् । यद्यपी दुवैले अफ्यर्सको  बारेमा जानकारी दिएका छैनन् ।

सामन्था र राजको कुरा गर्ने हो भने यी दुवैले अहिलेसम्म दुईवटा प्रोजेक्टमा सँगै काम गरिसकेका छन्, जसमध्ये एउटा ‘सिटाडेल हनी बन्नी’ र अर्को ‘द फ्यामिली म्यानः २’ हो । यति मात्र होइन, दुवैले आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’मा पनि सँगै काम गरिरहेका छन् ।

एक अन्तर्वार्तामा सामन्थाले राज र डीकेको बारेमा भनेकी थिइन्, उनीहरुले करियरमा चुनौतीहरु लिन प्रेरित गरिरहेकाका छन् । पोस्ट सेयर गर्दै उनले लामो क्याप्शन लेखेकी छिन्, जसमा उनले यो रोलर कोस्टर यात्रामा राज र हिमांकबाट राम्रो साथीको आशा गर्न सक्ने भन्दै भावुक कुरा लेखेकी थिइन् ।

फिल्म निर्माता राज निदिमोरुले धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन् तर डीकेसँग उनको जोडी बढी चर्चित छ । राज निदिमोरु र कृष्ण दशरको थापल्ली डीके चलचित्र जगतमा निकै चर्चित जोडी हुन् । यी दुबैले सँगै पहिलो फिल्म ‘शादी’ बनाएका थिए, जुन सन् २००२ मा रिलिज भएको थियो । यो छोटो फिल्म थियो तर दुबैले ‘द फ्यामिली म्यान’ वेभ सिरिजमार्फत दर्शकमाझ पहिचान बनाएका थिए ।

सामन्थाले २०१७ मा नागा चैतन्यसँग विवाह गरे पनि २०२१ मा दुवैले एकअर्कासँगको सम्बन्ध तोडेका थिए । गत वर्ष अर्थात २०२४ मा नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गरिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै