• २०८१ माघ ९ बुधबार

५०० बिलियन डलर लगानीमा विश्वकै ठुलो एआई कम्पनी स्टारगेटको घोषणा

kharibot

काठमाडौँ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा कार्यकाल शुरु गरेसँगै अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) क्षेत्रमा ५०० बिलियन डलर लगानी गरेर नयाँ कम्पनी स्टारगेट स्थापना गर्ने घोषणा गरिएको छ । 

ओपनएआइका साम अल्टम्यान, सफ्टबैंकका मासायोशी सन र ओराकलका ल्यारी एलिसनले राष्ट्रपति ट्रम्पलाई भेटेर एआइसमबन्धि नयाँ कम्पनि स्टारगेटको घोषणा गरेका हुन् ।  यो कम्पनि एआई क्षेत्रको विश्वकै ठुलो कम्पनि हुने र यसले अमेरिकामा मात्र एक लाख रोजगार सिर्जना गर्ने दाबि गरिएको छ ।  

यस आयोजनामा शुरुमा सय बिलियन डलर लगानी गरिने र आउदो बर्षमा ५०० बिलियन डलरसम्म लगानी हुने बताइएको छ । 

स्टारगेटले आउदो पिढीको एआइ प्रविधि तयार गर्ने फिजिकल र भर्चुअल पूर्वाधार बनाउने बताइएको छ । यसमा अमेरिकामा ठुला डाटा सेन्टरसमेत बनाइने छ । 

ओपनएआई एआई क्षेत्रको हालको अग्रणी कम्पनी हो भने ओराकल अमेरिकाको सबैभन्दा ठुलो डाटा अपरेटिंग कम्पनि रहेको छ ।  त्यस्तै सफ्टबैंकले स्टारगेटमा लगानी सुनिश्चित गर्ने भएको छ ।  स्टारगेटमा एमजिएक्स चौथो साझेदार हुने र यसको नेतृत्व सफ्टबैंकका सनले गर्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले स्टारगेटको घोषणा गर्दै यसले अमेरिकी उद्योग क्षेत्रलाई पुनर्जन्म दिने बताएका छन् । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै