• २०८१ मङ्सिर ३० आइतबार

हारबाट बच्यो लिभरपुल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल फुलह्यामसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लिभरपुलका लागि डिओगो जोटाले बराबरी गोल गरेका थिए । त्यसअघि कोडी गाक्पोले एक गोल गरेका थिए । त्यस्तै फुलह्यामले यस खेलमा दुई पटक अग्रता लिएपनि अग्रता जोगाउन असफल भएको थियो । फुलह्यामका लागि आन्द्रेज पियरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए । यस खेलमा खेलको १७औं मिनेटमा आन्ड्रीउ रोबेर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि लिभरपुलको १५ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी फुलह्यामको १६ खेलमा २४ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै