काठमाडौँ । बलिवुड फिल्म ‘पुष्पा २’ ले भारतीय सिनेमाको बक्स अफिसमा अहिलेसम्मका सबै किर्तिमान तोडिरहेको छ ।
पुष्पा-२ ले रिलिजको पहिलो आइतबार अर्थात चौथो दिन करिब १४१ करोड भारु कमाइ गरेको छ । फिल्मले अहिले पनि हिन्दी भाषामा पनि शानदार कमाई गरिरहेको छ । यस फिल्मले आइतबार तेलुगुमा ४४ करोड, हिन्दीमा ८५ करोड, तमिलमा ९.५ करोड, कन्नडमा १.१ करोड र मलयालममा १.९ करोड कमाई गरेको छ ।
योसँगै चार दिनमा ‘पुष्पा २’ को कुल बक्स अफिस कलेक्सन करिब ५२९.४५ करोड भारु पुगेको छ ।
जसमा तेलुगुमा १९८.५५ करोड, हिन्दीमा २८५.७ करोड, तमिलमा ३१.१ करोड, कन्नडमा ३.५५ करोड र मलायालममा १०.५५ करोड रहेको छ । यस बाहेक पेड रिभ्युको कमाई पनि यसमा समावेश रहेको छ ।
‘पुष्पा २’ ले चौथो दिन भारतमा करिब ८५ करोड रुपैयाँ कमाएको छ, जुन हिन्दी सिनेमाको इतिहासमा एकै दिनको सबैभन्दा धेरै हो । योसँगै यो तेलुगु फिल्मले हिन्दी भाषामा इतिहास रचेको छ ।
‘पुष्पा २’ ले रिलिज भएदेखि नै बक्स अफिसमा धमाका मचाएको छ । चौथो दिन हिन्दीमा ८५ करोड कमाएको छ भने बलिउड फिल्म ‘जवान’ले चौथो दिन ८०.१० करोड कमाएको थियो । जबकि ‘एनिमल’ को कुरा गर्ने हो भने ४४.४७ करोड र पठानले ५३.२५ करोड कमाएको थियो ।