• २०८१ मङ्सिर ११ मंगलबार

भारतको महाराष्ट्रका मुख्यमन्त्री शिन्देको राजीनामा

kharibot

काठमाडौँ । भारतको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले राजीनामा दिएका छन् । उनले मंगलबार राज्यका गभर्नर सीपी राधाकृष्णनलाई राजीनामा बुझाएका हुन् ।

यस अवधिमा शिन्देसँगै उपमुख्यमन्त्री अजित पवार र देवेन्द्र फडणवीस पनि उपस्थित थिए । नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण नभएसम्म एकनाथ शिन्दे कार्यवाहक मुख्यमन्त्री रहनेछन् ।

हालै सम्पन्न चुनावमा वर्तमान गठबन्धनले नै जितेपनि सिन्धेले राजीनामा दिएका हुन् ।

हालको गठबन्धनमा भाजपा, एकनाथ शिन्देको शिव सेना र अजित पवारको एनसीपीसहितको ‘महायुती’ ले महाराष्ट्र विधानसभा चुनाव जितेको छ । तर यस गठबन्धनबाट को मुख्यमन्त्री बन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

महाराष्ट्र विधानसभा चुनावमा बीजेपीले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र एनसीपीले ४१ सिट जितेको छ । २८८ सिट रहेको महाराष्ट्रमा यो गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै