• २०८१ मङ्सिर ११ मंगलबार

कोशीका पुर्व मन्त्री लिलाबल्लभ अधिकारी रिहा

kharibot

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई आज रिहा गरिएको हो । 

अधिकारी गत कात्तिक ११ गते टोकियो महानगर र आर्ट काउन्सिल टोकियोद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुन जापान जादा उनीसहित खोटाङका जनक राई, दावा शेर्पा, र रसुवाका कञ्चन देवकोटालाई जापानको नारिता विमानस्थलमा अध्यागमनले रोकेर डिपोर्ट गरिदिएको थियो ।

काठमाडौं प्रहरीले अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । तर, सरकारी वकिल कार्यालयले प्रमाणहरू अध्ययन गर्दा अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने आधार फेला नपरेको भन्दै मुद्दा दर्ता नगर्ने निर्णय गरेको छ । अधिकारीले स्वयं जापानमा पुगेपछि आफू प्रयोग भएको थाहा पाएर नेपाल प्रहरीलाई जानकारी गराएको देखिएको छ । अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै