काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।
सरकारी वकिलको कार्यालयले बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
अधिकारी कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।