• २०८१ मङ्सिर १० सोमबार

भारतको उत्तर प्रदेशको सम्भलमा हिंसा, चार जनाको मृत्यु

kharibot

काठमाडौँ । भारतको उत्तर प्रदेशको सम्भल जिल्लामा भएको हिंसामा चार जनाको मृत्यु भएको छ ।

सम्भलमा भएको हिंसापछि उक्त क्षेत्रमा उच्च सतर्कता जारी छ । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मृत्यु हुनेको संख्या चार भन्दा बढी हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आइतबार आक्रोशित भीडले धेरै सवारी साधनमा आगजनी गरेपछि यो हिंसा सुरु भएको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो । मस्जिदमा सर्भे टोली ११ बजे सर्भे सकेर बाहिर निस्कँदा मानिसहरूले तीन तर्फबाट ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरी सर्भे टोलीलाई सकुशल बाहिर निकालेको थियो।

यस क्रममा तीन तर्फबाट समुह आमनेसामने भएको र सो क्रममा गोली चल्दा प्रहरी उपरीक्षकका पीआरओको खुट्टामा गोली लागेको, डेपुटी कलेक्टरको खुट्टा भाँचिएको र १५–२० जना सिपाही घाइते भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै