काठमाडौँ । भारतले जारी पहिलो टेस्टमा अस्ट्रेलियालाई २९५ रनले पराजित गरेको छ ।
पर्थको ओप्टस स्टेडियममा भारतले अस्ट्रेलियालाई ५३४ रनको लक्ष्य दिएको थियो । जवाफमा अस्ट्रेलिया २३८ रनमा सिमित भएपछि भारत २९५ रनले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा १५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलिया पहिलो इनिङ्समा १०४ रनमा समेटिएको थियो । पहिलो इनिङ्सको आधारमा भारतले ४६ रनको अग्रता लिएको थियो । भारतले छ विकेटमा ४८७ रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो र ५३३ रनको अग्रता लिएको थियो ।
भारत यस टेस्टमा रोहित शर्मा, शुभमन गिल, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन न मोहम्मद शामी बिना खेलेको थियो । यस टेस्टमा ८ विकेट लिएका भारतका कप्तान जसप्रित बुमराह खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
यो जितपछि भारत ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट डिसेम्बर ६ देखि एडिलेडमा शुरु हुने छ ।