काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार महसुल घटाएसँगै नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार महसुल घटेर १० प्रतिशतमा झारेपछि आज सुनको मुल्य घटेको छ ।
त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार चाँदी १९६० रुपैँयामा कारोबार भएको थियो ।