काठमाडौं । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने जानकारी दिइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्यप्रगति समीक्षा, शिक्षण संस्था गाभ्ने कार्यविधि, आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ ।